जेन–जी पुस्तालाई धोकामा पारियो : ओली

  • कालिका खवर
  • आइतवार, कार्तिक २, २०८२
  • काठमाडौं, २ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी पुस्तालाई धोकामा पारिएको बताएका छन् । जेन–जी आन्दोलनबाट सरकार छाड्न बाध्य भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै निवर्तनमा प्रधानमन्त्री ओलीले जेन–जी आन्दोलनलाई आफूले तीन भागमा छुट्याएर हेर्ने गरेको बताए ।

    ‘जेन–जी आन्दोलनलाई तीन भागमा हेर्छु । उनीहरूका खुलस्त रूपमा तीनवटा माग थिए । भ्रष्टाचार, अन्त्य, सुशासन कायम र रोकिएका सामाजिक सञ्जाल खुलाइनुपर्छ भन्ने माग थिए,’ उनले भने, ‘जेन–जीलाई धोकामा पारियो, जे गरेर भए पनि विरोध प्रदर्शनका लागि तयार पारियो ।’ एमाले अध्यक्ष ओलीले जेन–जीले आन्दोलनको क्रममा प्रधानमन्त्रीको राजीनामा नमागेको बरु धोकामा पारेर संसद् भवनतर्फ पु¥याइएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar