इलामलाई कोशी प्रदेश सरकारको सहयोग

  • कालिका खवर
  • मङ्लबार, अशोज २१, २०८२
  • मोरङ, २१ असोज । कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी तथा पहिरोबाट पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टरमार्फत आज राहत सामग्री त्यसतर्फ पठाएको सो मन्त्रालयका सचिव रामप्रसाद आचार्यले जानकारी दिनुभयो । स्थलमार्गबाट राहत पठाउन नसकिएपछि हेलिकोप्टरमार्फत उक्त सामग्री पठाएको उहाँले बताउनुभयो ।

    प्रदेश सरकारले दैनिक उपभोग्य खाद्य सामग्री, कम्बल, त्रिपाललगायत सामग्री इलाम पठाएको मन्त्रालयको विपद् व्यवस्थापन शाखाका अधिकृत सदानन्द भट्टराईले जानकारी दिनुभयो । प्रदेश सरकारले यही असोज १७ र १८ गते आएको बाढी र पहिरोका कारण विस्थापित भएकाको उद्धारकार्य पछि राहत सामग्री पठाएको हो । बाढी र पहिरोका कारण इलामको सूर्याेदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar