हरि खेतान माध्यमिक विद्यालयमा सुष्मिता यादव प्रशासनिक प्रमुखमा न्युक्त।

  • कालिका खवर
  • सोमवार, पुस २१, २०८२
  • पर्सा। शिक्षा प्रशासनको क्षेत्रमा दक्ष, इमानदार र जिम्मेवार नेतृत्वको खाँचो सधैँ रहन्छ। यही आवश्यकता बोध गर्दै हरि खेतान बहुमुखी क्याम्पसअन्तर्गत सञ्चालित हरि खेतान माध्यमिक विद्यालयले एक अनुभवी, कर्मठ र अनुशासित व्यक्तित्व सुष्मिता यादवलाई प्रशासनिक प्रमुखको जिम्मेवारी प्रदान गरेको छ। विद्यालय व्यवस्थापन समितिको मिति २०८२–०९–१७ गतेको निर्णयअनुसार उहाँलाई अर्को व्यवस्था नभएसम्म लागू हुने गरी उक्त पदमा नियुक्त गरिएको हो।

    यो नियुक्ति केवल पदपूर्ति मात्र नभई शिक्षा संस्थामा अनुशासन, पारदर्शिता र उत्तरदायित्वको नयाँ अभ्यास सुरु गर्ने महत्वपूर्ण कदमको रूपमा हेरिएको छ। पत्रकारिता क्षेत्रमा लामो समयदेखि स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारितामा सक्रिय रहँदै आउनु भएकी सुष्मिता यादवले आफूलाई सधैँ कर्म, कलम र कर्तव्यप्रति इमानदार व्यक्तित्वका रूपमा स्थापित गर्नुभएको छ। नियमित खबरकी सञ्चालिकाको रूपमा उहाँले सम्पादन गरेका समाचारहरू तथ्यमा आधारित, भाषामा सन्तुलित र प्रस्तुतीकरणमा प्रभावकारी हुने गरेका छन्।

    सत्यको पक्षमा निर्भीक लेखन, पीडितको आवाजलाई प्राथमिकता र समाजप्रति उत्तरदायी पत्रकारिताको अभ्यास नै उहाँको पहिचान बनेको छ। यही पेशागत अनुशासन र व्यवस्थापन क्षमताका कारण विद्यालय व्यवस्थापन समितिले उहाँप्रति भरोसा व्यक्त गरेको देखिन्छ। निर्णयअनुसार सुष्मिता यादवले माध्यमिक तहअन्तर्गतका सम्पूर्ण प्रशासनिक कार्यहरू प्रधानाध्यापिकाको मातहतमा रही सम्पादन गर्नुहुनेछ। विद्यालय व्यवस्थापन समितिले उहाँको इमान्दारिता, दक्षता, समयपालन र नेतृत्व क्षमताको खुलेर प्रशंसा गर्दै उहाँको नेतृत्वमा विद्यालयको प्रशासनिक संरचना अझ चुस्त, पारदर्शी र परिणाममुखी बन्ने विश्वास व्यक्त गरेको छ।

    नियुक्तिपत्र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पी. पी. खेतानद्वारा हस्ताक्षरित गरिएको हो। साथै, उक्त निर्णयको बोधार्थ नि. प्रधानाध्यापक श्रीमती अञ्जली श्रेष्ठ तथा लेखा शाखालाई समेत जानकारी गराइएको छ। पत्रकारिताजस्तो उत्तरदायी पेशाबाट आएकी एक महिलालाई शैक्षिक संस्थाको प्रशासनिक नेतृत्व सुम्पिनु आफैँमा समावेशी सोच र सकारात्मक परिवर्तनको संकेत हो। यसले युवा पुस्तालाई कर्म र क्षमताले अवसर सिर्जना गर्छ भन्ने सन्देश पनि दिएको छ।

    हरि खेतान माध्यमिक विद्यालयमा प्रशासनिक प्रमुखको रूपमा सुष्मिता यादवको नियुक्ति शिक्षा र पत्रकारिता दुवै क्षेत्रका लागि गौरवको विषय बनेको छ। नयाँ जिम्मेवारीमा उहाँले पनि विगतझैँ इमान्दारिता, अनुशासन र समर्पणका साथ कार्य सम्पादन गर्नुहुनेछ भन्नेमा कुनै शंका छैन। यस महत्वपूर्ण जिम्मेवारीका लागि सुष्मिता यादवलाई हार्दिक बधाई तथा सफल, प्रेरणादायी र स्मरणीय कार्यकालको शुभकामना।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar