हिंसात्मक बन्यो इरानमा जारी विरोध प्रदर्शन, ७ जनाको मृत्यु

  • कालिका खवर
  • शुक्रबार, पुस १८, २०८२
  • काठमाडौं । इरानमा महँगीविरुद्ध जारी प्रदर्शन हिंसात्मक बनेको छ । बीबीसी अरबी सेवाका अनुसार, विरोध प्रदर्शनको पाँचौँ दिन बिहीबार इरानका विभिन्न सहरमा कम्तीमा सात जनाको मृत्यु भएको छ ।

    प्रदर्शनकारी र सुरक्षार्मीबीच झडप हुँदा उनीहरूको मृत्यु भएको हो । केही प्रदर्शनकारीले इरानका सर्वोच्च नेताको शासन अन्त्यको माग गरेका थिए भने अन्यले राजतन्त्र फिर्ताको माग गरेका छन् ।

    बिहीबार सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडिओमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप र सवारी साधनमा आगजनी गरिएको देखिन्छ । भिडिओमा प्रदर्शनकारीले सुरक्षाकर्मीलाई ढुंगामुढा गरिरहेका छन् भने जवाफमा सुरक्षाकर्मीले गोली र अश्रुग्यास प्रहार गरेको देखिन्छ ।

    इरानको सरकारी समाचार एजेन्सी फार्स र मानव अधिकार संगठन हेङ्गावले दक्षिणपश्चिमी इरानी सहर लोरेस्तानमा प्रदर्शनकारी र सुरक्षा बलबीचको झडपमा तीन जनाको मृत्यु भएको बताएका छन् । यस्तै देशको पश्चिमी भागमा रहेको अज्नामा तीन जना र कुहदस्तमा एक जनाको मृत्यु भएको फार्सले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar