हिमपातले मगुमा सडक तथा हवाई सेवा बन्द

  • कालिका खवर
  • बुधबार, माघ १४, २०८२
  • मुगु । लामो खडेरि पछि परेको हिमपातले मुगु र जुम्लाको सिमाना घुच्चिलेख अन्र्तगत नाग्मा गमगढि कर्णाली राजमार्ग पुर्ण रुपमा बन्द भएको छ ।

    राजमार्ग बन्दका कारण मुगु आउने मालवाहक तथा यात्रुबाहक सवारीसाधनहरु जुम्लाको गोठिज्युला,बोतामालिका र भुलभुलेमा अलपत्र परेका छन भने मुगुको एक मात्र ताल्चा विमानस्थल समेत अवरुद्ध भएको छ ।

    हिमपातपछि बालीनाली सप्रने आसामा किसानहरु खुशी भएका छनभने अत्यधिक चिसोका कारण जनजिवन प्रभावित समेत भएको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालीका र गर्भवती महिनलाहरु प्रभावित भएका छन् ।

    हिमपातका कारण हाल सम्म कुनै किसीमको क्षती नभएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताएका छन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar