ग्लोबल आइएमई बैंकको नाफा २३ प्रतिशतले बढ्यो

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा २३ प्रतिशतले वृद्धि भएको छ। बैंकको वित्तीय विवरण अनुसार, तीन महिनामा बैंकले १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस आधारमा बैंकको नाफा २२.९१ प्रतिशतले बढेको देखिएको छ।

    समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि दोहोरो अंकको वृद्धि देखिएको छ। बैंकको सञ्चालन नाफा १०.४३ प्रतिशतले बढेर २ अर्ब २७ करोड १६ लाख रुपैयाँ पुगेको छ।

    बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। अर्ब ४११ करोड ८९ लाख रुपैयाँबाट बढेर ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपैयाँ पुगेको छ। संचालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि हुँदा बैंकको खुद नाफामा पनि सुधार आएको हो।

    समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि व्यापक वृद्धि हुँदै ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ कायम भएको छ।

    हाल बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ छ। बैंकले जगेडा कोषमा ५ अर्ब ६७ करोड ६६ लाख रुपैयाँ राखेको छ।

    बैंकको खराब कर्जा (NPL) ४.९८ प्रतिशत रहेको छ। बैंकको प्रतिशेयर आम्दानी (EPS) १९ रुपैयाँ ५१ पैसा र प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५० पैसा कायम छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar