एनपीएल दोस्रो संस्करण : आज चितवन–कर्णाली र विराटनगर–पोखरा भिड्दै

  • कालिका खवर
  • मङ्लबार, मंसिर २, २०८२
  • काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुन्छन्। सोही दिन दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धामा उत्रनेछन्। प्रतियोगिताको सफल सुरुआतको लक्ष्य चारै टोलीले लिएका छन्।

    पहिलो खेलमा चितवन राइनोजलाई कुशल मल्लले कप्तानी गर्नेछन् भने कर्णाली याक्सको नेतृत्व अनुभवी सोमपाल कामीले सम्हाल्नेछन्। दोस्रो खेलमा विराटनगर किङ्ग्सको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् भने पोखरा एभेन्जर्स कुशल भुर्तेलको नेतृत्वमा मैदान उत्रिनेछ।

    यसअघि सोमबार सम्पन्न उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौँ गोर्खाजले उत्कृष्ट सुरुआत गरेको थियो। सो जितसँगै काठमाडौँले अङ्कतालिकामा दुई अङ्क जोडेको छ।

    नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल मङ्सिर २७ गते हुनेछ। विजेता टोलीले नगद रु एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने क्यानले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar