एनएमबि बैंकले पाटा नेपाल च्याप्टरसँग सहकार्य गर्दै ‘सफ्ट पस’ भुक्तानी प्रविधि पर्यटन क्षेत्रमा विस्तार

  • कालिका खवर
  • मङ्लबार, मंसिर ९, २०८२
  • काठमाडौँ । नेपालको पर्यटन क्षेत्रमा पहिलो पटक सजिलो र सुरक्षित डिजिटल भुक्तानी प्रणाली ‘एनएमबि सफ्ट पस’ (NMB Soft POS) व्यापक रूपमा प्रयोगमा ल्याउन एनएमबि बैंक लिमिटेड, प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिसाख्स बीच त्रिपक्षीय समझदारी भएको छ।

    एनएमबि सफ्ट पस एक अत्याधुनिक प्रविधि हो, जसले कुनै अतिरिक्त भौतिक मेसिनको आवश्यकता बिना नै व्यवसायीलाई आफ्नो एनएफसी–इनेबल्ड एन्ड्रोइड स्मार्टफोनमार्फत डिजिटल कार्ड भुक्तानी स्वीकार गर्न सक्षम बनाउँछ।

    पाटा नेपाल च्याप्टरले होटल, ट्राभल एजेन्सी, एयरलाइन्स र पर्यटन व्यवसायसँग सम्बन्धित विविध पक्षलाई प्रतिनिधित्व गर्दै आएको छ। यो साझेदारीमार्फत एनएमबि बैंकले पाटाका सदस्यहरूलाई प्रविधि–मैत्री बनाउने तथा डिजिटल भुक्तानी प्रणालीलाई पर्यटन क्षेत्रमा मुख्यधारमा ल्याउने लक्ष्य राखेको छ।

    सफ्ट पसको प्रयोगले भुक्तानी प्रक्रिया अझ सहज, सुरक्षित र द्रुत हुने भएकोले व्यवसायी र पर्यटक दुवैलाई फाइदा पुग्ने बैंकको विश्वास छ। यसले डिजिटल कारोबारको मात्रा वृद्धि गर्ने, वित्तीय समावेशितालाई मजबुत बनाउने र सम्पूर्ण पर्यटन क्षेत्रमा आधुनिक भुक्तानी विधिहरूको स्वीकार्यता विस्तार गर्ने अपेक्षा गरिएको छ।

    संयुक्त पहलमार्फत नेपालको पर्यटन क्षेत्र डिजिटल प्रविधिको प्रयोगमा थप उन्नत र प्रतिस्पर्धी बन्ने पाटा नेपाल च्याप्टर र एनएमबि बैंक दुवैले विश्वास व्यक्त गरेका छन्।

    एनएमबि बैंक हाल देशभर २०२ शाखा, १८४ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत डिजिटल तथा भौतिक सेवाहरू प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar