एनआईसी एशिया बैंकका ग्राहकका लागि दृष्टि आई केयर सिस्टममा २० प्रतिशतसम्म छुट

  • कालिका खवर
  • मङ्लबार, मंसिर १६, २०८२
  • काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले दृष्टि आई केयर सिस्टममा उपचार सेवा लिँदा विशेष छुट पाउने गरी बैंक र अस्पतालबीच सम्झौता सम्पन्न भएको छ।

    सम्झौतापछि बैंकका ग्राहकहरूले काठमाडौंस्थित दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवा उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। हस्पिटलमा आँखा, नाक, कान र घाँटी (ENT) सम्बन्धी उपचारमा छुट सुविधा उपलब्ध हुनेछ।

    इएनटी तथा जनरल सेवाअन्तर्गत ओपीडी सेवामा २० प्रतिशत र इनभेष्टिगेशनमा १० प्रतिशत छुट पाइनेछ। त्यस्तै, आँखा उपचार सेवामा ओपीडी (जेनरल) मा २० प्रतिशत, अपरेशन चार्ज, सर्जरी प्याकेज तथा इनभेष्टिगेशनमा ५ प्रतिशत छुट, ल्याबमा १० प्रतिशत तथा अप्टिकल प्रोडक्टमा ७.५ प्रतिशत छुट सुविधा उपलब्ध हुने जनाइएको छ।

    यस सुविधाको लाभ लिन ग्राहकहरूले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ, वा मोबैंक एपमार्फत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ। बैंकले दृष्टि आई केयरसँगको सहकार्यले ग्राहकहरूको स्वास्थ्य खर्चमा राहत पुग्नुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रवर्धन र नगदरहित कारोबारलाई समर्थन गर्ने विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar