एनआईसी एशिया बैंक र देवदह मेडिकल कलेजबीच सम्झौता, ग्राहकलाई ५० प्रतिशतसम्म छुट

  • कालिका खवर
  • शुक्रबार, कार्तिक १४, २०८२
  • काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युट, देवदह रुपन्देहीमा उपचारका क्रममा विशेष छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र अस्पतालबीच छुट सुविधा उपलब्ध गराउने सम्झौता सम्पन्न भएको हो ।

    सम्झौताअनुसार, बैंकका ग्राहकहरूले उक्त अस्पतालमा सेवा लिएर डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    बैंकका अनुसार, ग्राहकहरूले ओपीडी टिकटमा ५० प्रतिशत, सामान्य बेड चार्जमा २५ प्रतिशत, आइसियु/एआईसियु/पीआईसियु/सिसियुमा १० प्रतिशत, सर्जिकल ट्रीटमेन्टमा १५ प्रतिशत, प्याथोलोजिकल ल्याब चार्जमा १५ प्रतिशत, रेडियोलोजिकल सेवामा १५ प्रतिशत (सिटी स्क्यान र एमआरआई बाहेक) तथा अन्य सेवाहरूमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

    यो सुविधा लिनका लागि ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्नेछ ।

    बैंकले जनाएको छ कि, यस सहकार्यले ग्राहकहरूलाई उपचारमा आर्थिक लाभ प्रदान गर्नुका साथै देशभर डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृति विस्तारमा टेवा पुग्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar