एभरेष्ट बैंकद्वारा २० प्रतिशत लाभांश घोषणा

  • कालिका खवर
  • बिहिबार, भदौ १९, २०८२
  • काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले कुल लाभांशमध्ये १४ प्रतिशत नगद (नगद र बोनस सेयरमा लाग्ने कर समेत) र ६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।

    बैंकका अनुसार सेयरधनीलाई नगद लाभांशमार्फत तत्काल प्रत्यक्ष लाभ पुग्नेछ भने बोनस सेयरले भविष्यमा पुँजी वृद्धिमा टेवा पुग्नेछ । लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति लिनुपर्ने छ ।

    वित्तीय संस्थामध्ये एभरेष्ट बैंकले विगतका वर्षहरूमा समेत स्थिर लाभांश वितरण गर्दै आएको छ । यसले बैंकप्रति सेयरधनीको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

    बैंकले आगामी वर्षहरूमा अझ प्रभावकारी सेवा र डिजिटल प्रविधि विस्तारमार्फत आफ्नो बजार विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar