दुग्ध क्षेत्रलाई दिगो बनाउने प्रतिबद्धता: CDCAN को ३१औँ साधारण सभा

  • कालिका खवर
  • मङ्लबार, पुस २९, २०८२
  • काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड (CDCAN) को ३१औँ वार्षिक साधारण सभा सोमबार २०८२ पुष २८ गते बिहान ११ बजे ललितपुरको महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्यूमा सफलतापूर्वक सम्पन्न भएको छ।

    सभाको उद्घाटन संघका सभापति अम्मर बहादुर कुँवरले गर्दै दुग्ध क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे धारणा राख्नुभयो। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बनियाँ प्रमुख अतिथि रहनुभएको थियो भने नेपाल डेरी संघका प्रतिनिधि, दुग्ध विकास संस्थानका प्रबन्धक, राष्ट्रिय दुग्ध विकास बोर्डका डा. राजेन्द्रप्रसाद यादव, संघका बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा र महासचिव रामप्रसाद आचार्यलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    साधारण सभामा संघको वार्षिक प्रतिवेदन, आर्थिक विवरण तथा आगामी कार्ययोजना प्रस्तुत गरी दुग्ध उत्पादन वृद्धि, सहकारी क्षमता अभिवृद्धि, बजार विस्तार र गुणस्तरीय दुग्ध उत्पादन प्रवर्द्धनसम्बन्धी रणनीतिहरूमा छलफल गरिएको थियो। छलफलपछि आगामी आर्थिक वर्षका कार्यक्रम तथा रणनीतिहरू अनुमोदन गर्दै दुग्ध सहकारीहरूलाई सुदृढ बनाउने र दिगो दुग्ध विकासका लागि नीतिगत पहललाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar