दक्षिणी थाइल्यान्डमा मुसलधारे वर्षा, बाढीका कारण १९ जनाको मृत्यु

  • कालिका खवर
  • मङ्लबार, मंसिर ९, २०८२
  • बैंकक । मुसलधारे वर्षाले दक्षिणी थाइल्यान्ड अस्तव्यस्त बनेको छ । तीन सय वर्षमा एक पटक मात्रै आउने वर्षाले यो क्षेत्रका कैयौं सहर डुबानमा परेका छन् । जनस्वास्थ्य मन्त्रालयका अनुसार करेन्ट र बाढीसँग सम्बन्धी दुर्घटनालगायत कारणले यहाँ कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

    थाइल्यान्डको शाही सिँचाइ विभागका अनुसार सोङखला प्रान्तको यातायात र व्यापारको प्रमुख केन्द्र रहेको हात याई सहरमा सबैभन्दा ठुलो वर्षा रेकर्ड भएको छ, यसलाई विभागले तीन समय वर्षयताकै सबैभन्दा ठुलो वर्षा भनेको छ ।

    दक्षिण थाइल्यान्डका नौं प्रान्त अझै पनि डुबानमै रहेका बताइएको छ । वर्षाका कारण १ लाख २७ हजार घरपरिवार प्रभावित बनेको स्थानीय अधिकारीहरूले बताएका छन् । केही ठाउँमा झन्डै चार सय एमएल वर्षा रेकर्ड गरिएको छ ।

    हात याई सहरमा बाढीको पानी २ दशमलव ५ मिटर (८ दशमलव २ फिट)सम्म पुगेको थियो । बाढीको पानी सहरभरमा पसेको र घरहरू डुबानमा परेका छन् । आपतकालीन टोलीहरू डुङ्गामा बसेर बासिन्दाहरूलाई उद्धार गर्ने र राहत सामग्री वितरण गर्ने काम गरिरहेको अनलाइनमा आएका तस्बिरहरूमा देखिन्छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar