नाडा अटो शोलाई लक्षित गर्दै नेपाल बैंकको अटो लोन अफर सार्वजनिक

  • कालिका खवर
  • मङ्लबार, भदौ ९, २०८३
  • काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो शोलाई लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले जुनसुकै ब्रान्डको सवारीसाधन खरिदका लागि सहुलियतपूर्ण ब्याजदर र अतिरिक्त सुविधासहितको कर्जा योजना ल्याएको जनाएको हो ।

    बैंकका अनुसार योजनाअन्तर्गत ग्राहकले बैंकबाट अटो कर्जा लिएर जुनसुकै ब्रान्डको सवारीसाधन खरिद गर्दा बैंकको आधार दरमा ०.४९ प्रतिशत मात्रै थप हुने ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

    योजनाअन्तर्गत कर्जा प्रशासनिक शुल्क पनि सहुलियतपूर्ण बनाइएको छ । सामान्य शुल्कको सट्टा ग्राहकले ०.५ प्रतिशत मात्र सेवा शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

    यस्तै, उक्त अटो कर्जा उपभोग गर्ने ग्राहकले कुनै अतिरिक्त शुल्क नलाग्ने गरी तीन लाख रुपैयाँसम्मको लाइफटाइम क्रेडिट कार्ड सुविधा पनि प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।

    बैंकले नाडा अटो शोका अवसरमा ग्राहकलाई सवारीसाधन खरिद सहज बनाउन र वित्तीय सुविधा थप आकर्षक बनाउन यो योजना ल्याइएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar