२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ९९३ चालकलाई कारबाही

  • कालिका खवर
  • मङ्लबार, भदौ ९, २०८३
  • काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७०, सिसिटिभिमार्फत ६६, रातोबत्तीमा ७१ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा ११८, हर्न निषेधमा ४१, लेन क्रसमा ३०, अवस्था ठिक नभएको ३९, एकतर्फीमा १० र अन्यमा ५४८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar