धरातल नभुलौँ, शक्तिको दुरुपयोग नगरौँ : लामिछाने

  • कालिका खवर
  • शनिबार, कार्तिक २१, २०८३
  • काठमाडौँ : रास्वपा सभापति रवि लामिछानेले दुईतिहाइ बहुमतको दम्भ र अहंकार त्यागेर जनताको अपेक्षाअनुसार जिम्मेवार व्यवहार गर्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    शक्तिको आडमा अनुचित गतिविधि हुन थालेको, तल्लो तहमा जिम्मेवारी लिन कार्यकर्ता तयार नभएकोप्रति असन्तुष्टि जनाउँदै उनले पार्टीको धरातल नबिर्सन सचेत गराएका हुन् ।

    शुक्रबार रास्वपा चितवन जिल्ला समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो धरातल नछाड्न नेता–कार्यकर्तालाई निर्देशन दिए । जनताले दिएको ठुलो मत ठालु पल्टिन नभई अझ बढी सेवा गर्नका लागि भएको उनको भनाइ छ । विगतमा रास्वपाका कार्यकर्तालाई कैयौँ मुद्दा लागेको, तर अहिले बदलाको भावना राख्न नहुने पनि उनले स्पष्ट पारे ।

    ‘बदला लिनका लागि आज हामीले म त घन्टीको मान्छे हुँ, म त राष्ट्रवादीको मान्छे हुँ भन्दै प्रशासन–प्रहरीलाई राजनीतिक दबाब दिने काम गर्यौ भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन । हामीले भुइँ टेक्नुपर्छ, भुइँ छोड्नुहुँदैन,’ सभापति लामिछानेले भने, ‘हामीले एउटा चुनाव जितेका हौँ, कुनै ग्रहबाट खसेर आएका मान्छे होइनौँ ।

    जनताले हामीलाई हेरिरहेका छन्, ती जनतालाई असहज लाग्ने हाम्रा गतिविधि स्वीकार्य हुँदैनन् । जनताले अत्यधिक मत दिएर पठाएको भनेको ठालु पल्टिनका लागि होइन, अझ बढी सेवा गर भन्नका लागि हो ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar