देउसीभैलो खेलेर जम्मा गरेको रकमबाट डस्टबिन वितरण

  • कालिका खवर
  • शनिबार, कार्तिक ८, २०८२
  • रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९, सिन्दुरेघारी टोलका बालबालिकाहरूले देउसीभैलो खेलेर जम्मा गरेको रकम सत्कर्ममा लगाएका छन्।

    टोल विकास संस्थाअन्तर्गतका प्रयास चौलागाईं, सुदिर्न चौलागाईं, रितेस रोक्का, कृजल दाहाल, सुनिल तामाङ, रिभा चौलागाईं, सिवाङ्घी चौलागाईं, आश्रेया थापा र गरिमा छेत्रीले देउसीभैलोबाट सङ्कलन गरेको ४ हजार ५ सय रुपैयाँबाट चारवटा डस्टबिन किनेका हुन्।

    किनिएका डस्टबिनहरू सिन्दुरेघारी गाउँको चार स्थानमा राखिएको छ। स्थानीय बालबालिकाहरूले जन्मदिनको अवसरमा बिरुवा रोपेर सुरु गरेको “आफ्नो गाउँ, आफैँ हरियाली बनाऔँ” भन्ने अभियानलाई सरसफाइ र सामाजिक जिम्मेवारीसँग जोडेर उदाहरण प्रस्तुत गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar