दानबहादुरको मुद्दामा कात्तिक ३० गते पेसी तोकियो

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २०, २०८३
  • काठमाडौँ : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)बाट आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमा पेसीको मिति तोकिएको छ ।

    बुधबार उनलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाकारको जिम्मेवारी दिने मन्त्रिपरिषद्को निर्णयविरुद्ध उनले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उक्त रिट शुक्रबार सर्वोच्च प्रशासनले दर्ता गरेको छ ।

    दर्ता गरेसँगै उक्त रिटको पेसी यही कात्तिक ३० गतेका लागि तोकिएको छ । आफूलाई हटाएर डा. मनोजकुमार केसीलाई आईजीपी बनाउने सरकारको निर्णय निर्णय संविधान, कानुन र सर्वोच्च अलदालतका नजिरविपरीत रहेको भन्दै कार्कीले आफूलाई आईजीपीमै पुनर्बहाली गर्न आदेशको माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar