डा. कमल भुसालको जीवनरक्षाको माग गर्दै नेपाल चिकित्सक संघको सरकारसँग आग्रह

  • कालिका खवर
  • सोमवार, पुस १४, २०८२
  • काठमाडौं । नेपाल चिकित्सक संघले आफ्ना आजीवन सदस्य डा. कमल भुसाल (निकोलस भुसाल)को जीवनरक्षाको माग गरेको छ । यही पुस ८ गतेदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा बसेका भुसालको स्वास्थ्य अवस्था बिग्रँदै गएको संघले जनाएको छ ।

    “हरेक नेपालीको स्वस्थ रूपमा बाँच्न पाउने मौलिक अधिकार भएकोले डा. भुसालको जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ,” संघका महासचिव डा. सन्जिब तिवारीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    डा. भुसाललाई रिंगटा लाग्ने, शरीर सुन्निनेलगायत स्वास्थ्य समस्या देखिएको संघले जनाएको छ । “विगत सात दिनदेखि आमरण अनशनमा बस्नुभएका डा. भुसाललाई रिंगटा लाग्ने, शरीर सुन्निनेलगायत विभिन्न स्वास्थ्य समस्याहरू देखापरेका छन्,” विज्ञप्तिमा भनिएको छ, “उहाँको अवस्थाप्रति सरकारले गरेको बेवास्ताका कारण उहाँको स्वास्थ्यमा थप जटिलताहरू देखापर्दै गएको अवस्था छ ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar