छाेराकाे कुटपिटबाट ६० वर्षीय बाबुकाे मृत्यु

  • कालिका खवर
  • बुधबार, मंसिर १०, २०८२
  • नवलपरासी । जिल्लाको हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको कुटपिटबाट मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले बाबुलाई निर्घात कुटपिट गर्दा उनको मृत्यु भएकाे हाे ।

    घरायसी विवादमा छोराले गएराति बुबालाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएकाे हाे । अभियुक्तलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar