च्याउ उत्पादन किसान संघ उपत्यका विशेष कमिटीको दोस्रो सम्मेलन सम्पन्न

  • कालिका खवर
  • शुक्रबार, मंसिर १२, २०८२
  • काठमाडौं । च्याउ उत्पादन किसान संघ उपत्यका विशेष कमिटीको दोस्रो सम्मेलन सम्पन्न भएको छ । अध्यक्षमा रामचन्द्र पौडेल निर्विरोध निर्वाचित भएका छन् । यस्तै, उपाध्यक्षमा प्रकाश तिमल्सिना, सचिवमा रोशन शाह, उप – सचिवमा उर्मिला तामाङ र कोषाध्यक्षमा जित बहादुर नगरकोटी चयन भएका छन् । त्यस्तैगरी, सदस्यहरूमा प्रदीप तामाङ, तरानाथ घिमिरे, जीवन न्यौपाने, सुरेन्द्र श्रेष्ठ, चडिका लम्साल र प्रकाश दोग रहेका छन् । बाँकी ४ जना सदस्य पछि थप गरिने बताइएको छ । कार्य समितिले उपत्यकामा च्याउ उत्पादन, प्रविधि विकास र बजार व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

    च्याउ किसान संघ काठमाडौंमा नयाँ नेतृत्व प्रदिप तामाङ सर्वसम्मत अध्यक्ष
    च्याउ उत्पादन किसान संघ नेपाल, काठमाडौं जिल्ला समितिको  सम्पन्न महाधिवेशनले नयाँ कार्य समिति घोषणा गरेको छ । समितिले जिल्लामा च्याउ उत्पादन, प्रविधि विकास र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको हो । महाधिवेशनको निर्णयअनुसार प्रदिप तामाङ काठमाडौं जिल्ला समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । किसानमैत्री कार्यक्रम र संगठन विस्तारलाई प्राथमिकतामा राख्दै समितिले उपाध्यक्षमा केपी लिम्बू, सचिवमा राज खड्का, उप – सचिवमा मोहन मगराती र कोषाध्यक्षमा प्रकाश वोगटीलाई मनोनयन गरेको छ । यसैगरी, सदस्यहरुमा सुमन ठकुरी, गिर्ग बहादुर तामाङ, संग्राम तामाङ र रबिन गौतम रहेका छन् । समितिले २ जना महिला सदस्य पछि मनोनीत गर्ने निर्णय गरेको छ । समितिका अनुसार नयाँ नेतृत्वले किसानहरुलाई प्रविधिमैत्री तालिम, गुणस्तरीय बीउ र कम्पोस्टको उपलब्धता, बजार समन्वय र युवा – महिला सहभागीता वृद्धि जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्ययोजना अघि बढाउने छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar