बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

  • कालिका खवर
  • बुधबार, पुस १६, २०८२
  • बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा २ को जनजागृति सामुदायिक वनमा बाघको आक्रमणबाट १७ वर्षीया बालिकाको मृत्यु भएको छ ।

    घाँस काट्न जाँदै गर्दा सोही वडा कोठिया बस्ने विनिता परियारको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरी जंगलभित्र लगेको स्थानीयले बताएका छन् । घटनाको बारेमा थाहा पाउन साथ प्रहरीको टोली र स्थानीयबासी खोजतलास गर्दा मृत परियार वनमा फेला पारेको प्रहरीले जनाएको छ ।

    चिन्ताजनक अवस्थामा फेला पारी उपचारको लागि बर्दिया अस्पतालमा पुर्‍याउँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर मल्लले बताए ।

    पछिल्लो समयमा बर्दियामा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पुस महिना भित्र नै हाल सम्म तीन जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    चालु आर्थिक वर्षको हाल सम्म चितुवा र बाघको आक्रमणबाट ६ जनाको मृत्यु भएको जिल्ला वन कार्यालयको तथ्याङ्क छ । हाल बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रभन्दा पनि सामुदायिक वन क्षेत्रमा बढी चितुवा र बाघको आक्रमण बढेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar