बङ्गलादेश – पाकिस्तान प्रत्यक्ष उडान पुन : सुरु

  • कालिका खवर
  • शुक्रबार, माघ १६, २०८२
  • ढाका : बङ्गलादेशको राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सले १० वर्ष भन्दा लामो समय अन्तराल पछि राजधानी ढाकाबाट पाकिस्तानको कराचीका लागि प्रत्यक्ष उडान पुनः सुरु गरेको जनाइएको छ ।

    ढाकाबाट सुरुवाती उडान, बीजी – ३४१ हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट कराचीका लागि बिहीबार स्थानीय समय अनुसार बेलुका करिब ८ बजे १३८ यात्रु बोकेर भएको थियो ।

    बङ्गलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका सल्लाहकार शेख बशीर उद्दीन र बङ्गलादेशका लागि पाकिस्तानका उच्चायुक्त इमरान हैदरले संयुक्त रूपमा रिवन काटेर विमानस्थलमा आयोजित उद्घाटन समारोह उद्घाटन गरेका थिए ।

    राष्ट्रिय ध्वजावाहक कम्पनीले ढाका–कराची उडान हरेक बिहीबार र शनिबार सञ्चालन हुने बताएको छ ।

    प्रत्यक्ष उडानहरू पुन : सुरु गर्नाले दुइ देश विच यात्रा सजिलो हुने र दुई दक्षिण एसियाली देशहरू बिचको व्यापारलाई सहज बनाउने अपेक्षा गरिएको छ । बङ्गलादेश र पाकिस्तानबिचको द्विपक्षीय सम्बन्ध सुधार हुँदै जाँदा प्रत्यक्ष उडानहरू सम्भव भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar