बजेट विनियोजन कसैको पहुँचको आधारमा हुने छैन : सांसद भण्डारी

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ ५, २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन भण्डारीले सरकारले ल्याउने बजेट न्याय, समतामूलक विकास र समानुपातिक आधारमा वितरण हुनुपर्ने बताएका छन् ।

    संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यसभन्दा अगाडि पहुँचको आधारमा हुने बजेट विनियोजन यस पटक अन्त्य हुनुपर्ने भन्दै सरकारलाई सचेत गराएका हुन् ।

    उनले भने, ‘हामीले सत्तारुढ दलको सांसद भएपनि सरकारलाई सचेत गराउने हिसाबले संसदमा प्रस्तुती राखेका हौं । यसपटकको बजेट न्यायको आधारमा, समतामूलक विकासको आधारमा, समानुपातिक आधारमा वितरण हुनुपर्छ । यसभन्दा अगाडि पहुँचको आधारमा हुने गर्दथ्यो यस पटक अन्त्य हुनुपर्छ भनेर सचेत गराएका हौं । योसँगै निर्वाचित क्षेत्रका तमाम विकासका योजनाहरु सम्पन्न गर्नुपर्ने छ ।’

    उनले काभ्रेका एकीकृत खानेपानी दशकौं वर्ष अन्योलमा रहेको भन्दै सरकारको त्यसमा ध्यानाकर्षण गराएका छन् ।

    उनले भने, ‘म काठमाडौंबाट नजिकै रहेको काभ्रे क्षेत्र नम्बर २ को जनप्रतिनिधि हुँ । काभ्रेको विकासप्रतिका कुरा सरकारसँग जोड्नुपर्ने छ । सिंहदरवारका प्रर्खालभन्दा होचा जनताहरुका विकासप्रतिको चाहना सिंहदरवारसम्म ल्याउनुपर्ने छ । सदनबाट जनताको कुरा उठाउनुपर्ने छ । काभ्रेमा एकीकृत खानेपानी बनेपा, धुलिखेल र पनौतिका लाखौ जनताले उपयोग गर्ने एकिकृत खानेपानी दशकौं वर्ष अन्योलमा छ । सरकारको त्यसमा ध्यान केन्द्रित गरेको हुँ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar