बिश्रामपुरमा एमालेको जनसम्पर्क अभियान, पाण्डेको प्रतिबद्धता : “काममार्फत जनताको विश्वास जित्छु”

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन १२, २०८२
  • वीरगंज – पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नम्बर–१ बिश्रामपुरमा मंगलबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)को चुनावी घरदैलो तथा जनसंवाद कार्यक्रम सम्पन्न भएको छ।

    एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रूपेश कुमार पाण्डे नेता–कार्यकर्तासहित बिश्रामपुर पुगेका थिए। स्थानीय बासिन्दाले स्वागत गर्दै समर्थन जनाएका थिए।

    जनसंवाद कार्यक्रममा पाण्डेले मुलुकको विकास र समृद्धिको स्पष्ट योजना एमालेसँग मात्र रहेको दाबी गर्दै ढुक्क भएर एमालेका पक्षमा मतदान गर्न आग्रह गरे। पर्सा–३ का गाउँ–टोलमा पुगेर जनताका समस्या बुझिसकेको उल्लेख गर्दै उनले कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

    “म भाषणका लागि होइन, जनताको काम गर्न राजनीतिमा आएको हुँ,” उनले भने। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar