बिर्तामोडमा ‘नामी भिगो’ सार्वजनिक: नेपालको मिड–साइज ईभी बजारमा नयाँ स्तर स्थापित

  • कालिका खवर
  • शनिबार, कार्तिक २९, २०८२
  • बिर्तामोड । डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले पहिलोपटक अत्याधुनिक स्मार्ट इलेक्ट्रिक एसयुभी ‘नामी भिगो’ नेपाली बजारमा सार्वजनिक गरेको छ। बिर्तामोडमा आयोजित भव्य समारोहमा प्रमुख अतिथि पूर्व प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, विशेष अतिथि उद्योग वाणिज्य महासंघ–कोशी प्रदेशका उपाध्यक्ष कुमारमणि पोख्रेल, प्याब्सन केन्द्रीय सदस्य एलपी उप्रेती, रोटरी क्लब अध्यक्ष दिल्लीराम मैनाली, एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया तथा प्रमुख कार्यकारी अधिकारी प्रशन्न पन्तले संयुक्त रूपमा नयाँ मोडल अनावरण गरे। समारोहमा व्यवसायी, ग्राहक, सञ्चारकर्मी र स्थानीय उद्योग–व्यापार समुदायको उल्लेखनीय उपस्थिति थियो।

    डोंगफेंगको नवीन ‘Quantum Architecture Platform’ मा निर्माण गरिएको नामी भिगोले आधुनिक डिजाइन, इन्टेलिजेन्ट फिचर तथा शक्तिशाली प्रदर्शनमार्फत नेपालमा मिड–साइज ईभी सेगमेन्टको स्तर नै उकास्ने दाबी कम्पनीले गरेको छ। यसको ‘Magic Cube Design’ ले एरोडाइनामिक संरचनालाई समावेसी गर्दै नामी ब्रान्डको नयाँ डिजाइन पहिचानलाई झनै परिष्कृत बनाएको छ।

    ९९ kW क्षमताको मोटरयुक्त नामी भिगो शहर तथा राजमार्ग दुवैमा सहज, शक्तिशाली तथा स्मूथ ड्राइभिङ अनुभव दिन सक्षम छ। ४४.९४ kWh तथा ५१.८७ kWh क्षमताका दुई ब्याट्री विकल्पसहित उपलब्ध यस मोडलले क्रमशः ३०० किलोमिटर र ३५० किलोमिटर WLTP रेन्ज प्रदान गर्छ। १६७ kW क्षमताको 3C Ultra-Fast DC Charging प्रविधिमार्फत ३० देखि ८० प्रतिशत चार्ज हुन १८ मिनेट मात्र लाग्ने, जसबाट झन्डै ११५ किलोमिटर दूरी थप कभर गर्न सकिने कम्पनीको विवरण छ।

    फिचरको हिसाबले पनि नामी भिगो अत्यन्तै आकर्षक छ। दुई भागमा खुल्ने ‘Heaven & Earth Tailgate’ जसले १५० किलोग्रामसम्म भार धान्न सक्छ, ‘Music-Sync Ambient Lighting’, ‘Exterior Music Speaker’, मेमोरी तथा वेलकम सीट, भेन्टिलेटेड ‘Zero-Pressure’ सीट, १२.८ इन्च टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र पानोरेमिक मोनोरुफ जस्ता प्रिमियम सुविधाले यसको इन्टेरियरलाई आधुनिक बनाएका छन्।

    सुरक्षामा पनि नामी भिगो उस्तै उन्नत छ। यसमा Level 2 ADAS, ३६०-डिग्री क्यामेरा, Adaptive Cruise Control, Wireless Charging, Multi-Mode Steering, ६८.४ प्रतिशत High-Strength Steel बाट निर्मित संरचना र छवटा एयरब्याग जडान गरिएको छ। ब्याट्री सुरक्षाका लागि ‘Zero Fire/Explosion Tested Match Battery System’ लागू गरिएको कम्पनीले जनाएको छ।

    नामी भिगो नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध हुनेछ—Vigo E2 को मूल्य ३८ लाख ९९ हजार रुपैयाँ र Vigo E2+ को ४१ लाख ९९ हजार रुपैयाँ। विशेष प्रारम्भिक अफरअन्तर्गत Vigo E2 लाई ३७ लाख ९९ हजार र Vigo E2+ लाई ४० लाख ९९ हजार रुपैयाँमा प्राप्त गर्न सकिनेछ।

    अनावरण कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले नामी 01 मार्फत देशभर एक हजारभन्दा बढी ग्राहकसम्म सेवा पुर्‍याउन सफल भएका उल्लेख गर्दै, “नामी भिगोले हाम्रो दृष्टिकोणलाई झनै व्यापक बनाएको छ,” भने। उनका अनुसार भिगोको पावर, लक्जरी र स्मार्ट प्रविधि आधुनिक नेपाली जीवनशैलीसँग पूर्ण रूपमा मेल खान्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar