खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु

  • कालिका खवर
  • सोमवार, अशोज ५, २०८३
  • दार्चुला : दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। दुहुँ गाउँपालिका–२ हेकातीकी ४० वर्षीया सरस्वती जोशीको भिरबाट लडेर आइतबार बिहान घटनास्थलमै मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब निरीक्षक केशव शर्माका अनुसार घरभन्दा दुई किलोमिटर दूरीमा रहेको खर फागालामा खर काट्ने क्रममा भिरबाट लडेर जोशीको मृत्यु भएको हो। मृतक जोशी दुहुँस्थित गौरीलमाण्डौँ माध्यमिक विद्यालयमा बाल विकास सहजकर्ताका रूपमा कार्यरत थिइन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar