भूकम्पमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, घाइते ४५०

  • कालिका खवर
  • शनिबार, मंसिर ६, २०८२
  • काठमाडौं : बंगलादेशमा शुक्रबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। बीबीसी बंगलाका अनुसार शुक्रबार बिहान स्थानीय समय  १०:३० बजेतिर बंगलादेशको राजधानी ढाका र अन्य धेरै क्षेत्रमा गएको भूकम्पमा ४५० जनाभन्दा बढी घाइते भएका छन्। ढाकाबाट करिब ३० किलोमिटर टाढा नरसिंदी जिल्लालाई केन्द्रबिन्दु बनाएर शुक्रबार गएको भूकम्प ५.७ म्याग्निच्युड थियो।

    भूकम्पका कारण ढाकामा ४ जना, नरसिंदीमा ४ जना र नारायणगन्जमा १ जनाको मृत्यु भएको हो। बंगलादेशको विपद् व्यवस्थापन विभागका निताई चन्द्र दे सरकारले बीबीसी बंगलालाई बताएअनुसार ४५० भन्दा बढी व्यक्ति घाइते भएका छन्। भूकम्पका कारण नरसिंदीमा १०० भन्दा बढी भवन चर्किएका छन् भने ढाकामा १४ वटामा क्षति पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar