भिभो वाई ०५ई नेपालमा सार्वजनिक, रु. १९,९९९ मा ५१५० एमएएच ब्याट्री र टिकाउ डिजाइन

  • कालिका खवर
  • बिहिबार, भदौ ११, २०८३
  • काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो लोकप्रिय वाई सिरिजअन्तर्गत नयाँ बजेटमैत्री स्मार्टफोन भिभो वाई ०५ई नेपाली बजारमा सार्वजनिक गरेको छ। दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको यस स्मार्टफोनले भरपर्दो कार्यसम्पादन, टिकाउ डिजाइन र सहज प्रयोगको अनुभव किफायती मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

    भिभो वाई ०५का मुख्य विशेषताहरूलाई निरन्तरता दिँदै नयाँ वाई ०५ईमा प्रयोगकर्ताको दैनिक आवश्यकतालाई केन्द्रमा राखेर थप व्यावहारिक सुधार गरिएको बताइएको छ। फोनमा ५,१५० एमएएच क्षमताको ब्याट्री दिइएको छ, जसले कल, इन्टरनेट ब्राउजिङ, भिडियो हेर्नेलगायत दैनिक गतिविधिमा लामो समयसम्म साथ दिने कम्पनीको दाबी छ।

    अत्याधुनिक ब्याट्री प्रविधिको प्रयोग गरिएको यस स्मार्टफोनमा ४ वर्षसम्म ब्याट्री हेल्थ कायम रहने सुविधा रहेको जनाइएको छ। यसले लामो समयसम्म फोनको भरपर्दो कार्यसम्पादन सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

    टिकाउपनका हिसाबले पनि भिभो वाई ०५ईलाई उत्कृष्ट विकल्पका रूपमा प्रस्तुत गरिएको छ। यसमा रहेको आईपी६४ रेटिङले दैनिक प्रयोगका क्रममा धुलो तथा हल्का पानीका छिटाबाट सुरक्षा प्रदान गर्छ। साथै, एन्टी–ड्रप डिजाइनले सामान्य ठक्कर वा आकस्मिक रूपमा खस्न सक्ने अवस्थाबाट फोनलाई थप सुरक्षित बनाउने कम्पनीले जनाएको छ।

    प्रयोगकर्तालाई सहज र स्मूथ अनुभव दिन ओरिजिन ओएस ६मा आधारित भिभो वाई ०५ईमा ५७० निट्ससम्मको उच्च ब्राइटनेस उपलब्ध छ, जसले घाममा पनि स्क्रिन स्पष्ट रूपमा हेर्न मद्दत गर्छ। मनोरञ्जनको अनुभवलाई थप प्रभावशाली बनाउन फोनमा २०० प्रतिशत भोल्युम बूस्ट सुविधा पनि समावेश गरिएको छ।

    ४ जीबी र्याम + ६४ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध भिभो वाई ०५ईको नेपाली बजार मूल्य रु. १९,९९९ निर्धारण गरिएको छ। यो स्मार्टफोन आजैदेखि नेपालभरका आधिकारिक भिभो रिटेल स्टोर तथा दाराजमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।

    किफायती मूल्यमा भरपर्दो कार्यसम्पादन, टिकाउ डिजाइन र उत्कृष्ट प्रयोग अनुभव खोज्ने उपभोक्ताका लागि भिभो वाई ०५ई आकर्षक विकल्प बन्ने विश्वास कम्पनीले लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar