बारा पुगे कुलमान घिसिङ

  • कालिका खवर
  • सोमवार, माघ १९, २०८२
  • सिमरा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी अभियानअन्तर्गत बारा पुगेका छन् ।

    सोमबार बिहान उनी बारा पुगेका हुन् । उनलाई सिमरा विमानस्थलमा कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए । सोही क्रममा उनले पहिलोपटक सिमरामा आएको भन्दै अब विस्तारै देशभर चुनावी अभियान सुरु गर्ने बताए ।

    उनले भने, ‘अहिले जुन चुनावी अभियान छ, हामीले देशैभर सुरु गरेका छौँ । पहिलो पटक म सिमरामा आएको छु । अब विस्तारै देशैभर आफ्नो चुनावी अभियान सुरु गर्नको लागि आएको हो ।’

    पार्टीले देशभर १२१ स्थानमा उम्मेदवार उठाएको र प्रतिस्पर्धा गरेको जानकारी दिंदै पूर्वदेखि पश्चिमसम्म धेरै सिटमा जित्ने अपेक्षा गरेको पनि उनको भनाई छ । साथै, उनले देश र जनताको माग अनुसार सबै छाडेर एउटा सहमतीमा जाउ भन्ने हिसाबले रास्वपामा गएको भन्दै त्यो सहमती कार्यान्वयन नभएको पनि बताए ।

    उनले भने, ‘झापा ५ मा हाम्रो पनि उम्मेदवार हुनुहुन्छ । जनताले गर्नुभएको निर्णय मान्न तयार छौँ । जेनजी आन्दोलन, देश र जनताको माग अनुसार हामीले सबै छाडेर एउटा सहमतीमा जाउ भन्ने हिसाबले गएका थियौँ तर कार्यान्वयन भएन ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar