बालेनजी को स्पिरिट ठिक छ , शिक्षा मन्त्रालयको दायरा फराकिलो , बजेट महत्वाकांक्षी बन्न सक्दैन : किरण बिक

  • आइतवार, बैशाख १३, २०८३
  • ( युवा अभियन्ता किरण बिक राजनीति , युवा र सामाजिक न्याय जस्ता विषयमा लेख्छन बोल्छन । प्रस्तुत छ समसामयिक विषयमा किरण बिक संग गरिएको कुराकानी )

    प्रश्न १ : यो सरकारलाई कसरी हेर्नु भएको छ ?
    – सरकार एउटा संक्रमण पछी , आन्दोलन पछी र नियमित आकस्मिकता भन्दा बाहिर बाट आएकोले के होला कसो होला भन्ने नै छ अझ पनि । राजनीतिमा बहुमत मात्र हेरेर मुल्यांकन गर्नु अपरिपक्व हुन्छ । सरकारको केहि कामले , केहि प्रयासहरुले चाहिं फेरी आसा जगाएको छ । अहिले आसा जगाएको चरणमै छ जस्तो लाग्छ । धेरै राम्रा कामहरु सुरु गरेको छ। तर निरन्तरता हुन्छ कि हुन्न र , कामहरुले परिपक्वता पाउँछ कि पाउँदैन भनेर केहि समय हेर्नु पर्ने हुन्छ ।

    प्रश्न २ : यो सरकारले पुरै कार्यकाल जान्छ कि बीचमै ढल्छ ?
    – संयोगले पहिले पहिले जस्तो सरकार बनेकै अर्को दिन देखि ढाल्ने जुन अप्रीय खेल हुन्थ्यो हुन्थ्यो त्यो अहिले भएको जस्तो लाग्दैन। सम्भव नभएर होला । तर सरकारले सुशासन बढाईरहेकोले जनता संस्तुष्ट छन् । जनताको आसा बिस्तारै सन्तुष्टि तिर बदलिएको देखिन्छ । सरकारले मन्त्रिपरिषदमा विविधता देखाएर राम्रो संदेश दिईसकेको छ । अहिलेको सरकारलाई बाहिर बाट कुनै डर छैन। रास्वपाको एकल बहुमत छ। रास्वपा भित्र प्रम बालेनजीको कोहि विरोधी छ जस्तो लाग्दैन । यो सरकार त एभरेज काम गरे पनि पुरै कार्यकाल जान्छ जस्तो लाग्छ तर राम्रो समेत गर्दैछ । मेरो चाहि पुरै कार्यकाल चलोस भन्ने मात्र शुभेक्षा छ । एउटा सरकार असफल हुँदा धेरै कुरा असफल हुने रहेछ ।

    प्रश्न ३ – बालेन शाह नेतृत्वको सरकारले पहिलो बजेट ल्याउदै छ ? के अपेक्षा छन् ? के सुझाब छन् ?
    – पक्कै पनि सम्माननीय प्रम बालेन्द्र ज्युको पहिलो बजेट आउनेक्रममा छ। धेरै नै अपेक्षा छन्। तर सरकारले श्रोत गुमाउँदै गएको छ। ढुकुटी कमजोर छ र अन्तर्राष्ट्रिय कारणले सहयोग आउने क्रम पनि घट्दै गएको छ। विज्ञ अर्थमन्त्रीलाई झन् प्रेसर छ। सबै क्षेत्रले ठुलो बजेटको माग गरेकोले प्रधानमन्त्री बालेनलाई धेरै नै दबाब छ। फेरी चुनाबमा धेरै योजनाको सपना बाडिने हुनाले पनि अपेक्षा बढ्दो हुने नै भयो। मेरो विचारमा सरकारले प्राक्टिकल वे मा सानो बजेटले गर्न सक्ने योजना मात्र ल्याउँछ। सुधारका कार्यक्रम अबधि ल्याउला। नयाँ विकासका योजना तेती नपर्लान। यसपाली महत्वाकांक्षी हुन सम्भव छैन। यसपाली क्रमागत विकासमा थप्न र सुशासन सुधारमा चाही जोड हुन सक्ला । जनताले यसपालीको सरकारको बाध्यता बुझ्न जरुरि छ । नयाँ सांसदहरु पनि धेरै भएकोले उनीहरुले पनि बजेट माग्ने बित्तिकै पाई हालिन्छ जस्तो गर्न भएन। यो सालको बजेटले आगामी ५ वर्षको बाटो चाहिं कोर्न सक्छ । सामाजिक न्याय र भौतिक विकासको सन्तुलन होस् भन्ने सुझाब रहन्छ मेरो ।

    प्रश्न ४ – तपाइको नजरमा कुन मन्त्रालयले राम्रो काम गरिरहेको छ ?
    – सबैले काम गरिरहेकै होलान तर खुद प्रधानमन्त्री कार्यालय बढ्दा खटिएको देखिएको छ । मन्त्रालयहरुमा मलाई गृहमन्त्रालयको स्पिरिट मन परेको थियो । त्यसपछि शिक्षा मन्त्रालयले राम्रो गर्न खोजिरहेको छ । शिक्षा मन्त्रालयको दायरा फराकिलो पनि छ र यस बाट हुने कामहरु दिर्घकालिन प्रभाव पर्ने खालको हुन्छन। शिक्षामन्त्री सस्मित पोखरेलको नियत सफा छ र उहाँको उदेश्य ठिक छ। विश्वविद्यालय सुधार्ने , विद्यार्थी संगठनलाई सुधार्ने , ५ कक्षा सम्मलाई इक्जाम नलिने , छिटो नतिजा प्रकाशन गर्ने , स्कलरसिप बढाउनेहरु राम्रा काम हुन। मान्छेको नजर तान्न सफल भएको छ शिक्षा मन्त्रालय। तेसपछी राम्रो गरिरहेको कृषि मन्त्रालय हो।

    प्रश्न ५ : यो सरकारलाई तपाइका सुझाबहरु केके हुन् ?
    – सुझाबहरु यो सरकारलाई धेरैले दीइसके ( हा हा ) ! विज्ञहरुको सरकार भनिएको छ सायद सुझाब आवस्यक नपर्ला , तर पनि जे निर्णय गर्ने हो , जे नियम ल्याउने हो सरोकारवालालाई पहिले नै राया लीयोस , पहिले नै सोधियोस भन्ने हो। अर्को प्रधानमन्त्रीले धेरै भन्दा धेरै मान्छे भेटुन र कुराहरु सुनुन भन्ने सुझाब छ । प्रधानमन्त्री वा मंत्रीहरुले धेरै भन्दा धेरै मान्छे भेटेर र सरोकारवाला हरु भेटेर मात्र निर्णय गरुन भन्ने हो। सरकारले दललाई पनि ख्याल गरोस भन्ने छ । मुख्य कुरा त सरकारले , मंत्रीहरुले आफुले चिनेको जानेको मान्छे भन्दा परका पनि कुरा सुनुन भन्ने हो। आफ्नै वरिपरिका मान्छेको कुरा मात्र नसुनुन।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar