बालेन र सुधनविरुद्ध अखिलको जाहेरी, २४ घण्टामा जानकारी दिने प्रहरीको जवाफ

  • कालिका खवर
  • मङ्लबार, अशोज २१, २०८२
  • काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह र जेनजी अभियन्ता सुधन गुरुङलाई कारबाहीको माग गर्दै एमाले निकट अनेरास्ववियूले प्रहरीमा निवेदन दिएको छ ।

    प्रहरीले सरकारी वकिलसँगको सल्लाहपछि दर्ता गर्ने कि नगर्ने निर्णय गर्ने जवाफ अखिलका नेताहरुलाई दिएको छ । महासचिव दीपक धामीको नेतृत्वमा पुगेको टोलीले राष्ट्रिय धरोहरमा आगजनी गर्ने र दण्डहीनतालाई प्रश्रय दिने काम भइरहेको बताउँदै तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ ।

    “अराजकता मच्चाउने काम भएको छ । धरोहर जलाउने काम भएको छ । हाम्रो देशको शान्तिको प्रतीकलाई विध्वंश गर्ने काम भएको छ,” धामीले भने, “उनीहरुलाई कानुनी कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग रहेको छ ।”

    उनले कोविरुद्ध हो जाहेरी भन्ने बारे भने केही बताएनन् । तर अखिलका एक नेताले दिएको जानकारीअनुसार बालेन शाह र सुधन गुरुङलाई कारबाही गर्नुपर्ने माग गरिएको छ ।

    “देश खरानी बनाइएको छ,” धामीले भने, “सुरुका दिनदेखि संविधानमाथि जसरी धाबा बोल्न खोजियो । हाम्रो पुस्ताको साथीहरुमाथि गोली लागेको छ । त्यसको पनि कानुनी उपचार खोजिनुपर्छ । दोषीलाई कारबाही गरिनुपर्छ । तर सम्पदामाथि आगजनी गर्ने, दिनदहाडै ज्यान लिने । सिंहदरबार छिरेर अनधिकृत व्यक्तिले हुकुमी शासन चलाउन पाइँदैन । कारबाहीको दायरामा ल्याउनैपर्छ ।”

    प्रहरीले २४ घण्टाभित्र जाहेरी दर्ता नगरे त्यसपछि थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने र कानुनी उपचारको खोजीमा लाग्ने अखिलका पूर्वअध्यक्ष समीक बडालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar