बाढीपहिरो मृतकका परिवारलाई राहत र किरिया खर्चसहित १ लाख २५ हजार दिने गण्डकी सरकारको निर्णय

  • कालिका खवर
  • मङ्लबार, अशोज १३, २०८३
  • गण्डकी । गण्डकी प्रदेश सरकारले बागलुङ, म्याग्दी लगायत जिल्लामा बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाखका दरले राहत दिने निर्णय गरेको छ । साथै, किरिया खर्चबापत २५ हजार रुपैयाँ दिने भएको छ ।

    सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिए ।

    बैठकले बाढीपहिरोबाट क्षति पुगेका विभिन्न जिल्लाका प्रभावित क्षेत्रको विस्तृत विवरण संकलन गरी पुनर्निर्माण तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय पनि गरेको उनले बताए ।

    बाढीपहिरोबाट गण्डकी प्रदेशमा ठूलो जनधनको क्षति भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar