बाढी पहिरोका कारण अझै अवरुद्ध छन् चार राजमार्ग

  • कालिका खवर
  • शनिबार, अशोज २५, २०८२
  • काठमाडौँ । बाढी पहिरोका कारण अझै चार मुख्य सडक पूर्ण रूपमा अवरुद्ध रहेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशभर चार राजमार्ग अवरुद्ध रहेका छन् । सङ्खुवासभा भोटेखोला गाउँपालिका वरुण नदीले डाइभर्सन बगाउँदा कोशी राजमार्ग जेठ ६ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ ।

    यस्तै सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध  छ । यस्तै इलामको इलाम नगरपालिका–९ राजदुवाली लगायत स्थानहरूमा पहिरोका कारण मेची राजमार्ग अवरुद्ध रहेको जनाइएको छ ।

    रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ र ३ मा बाढी पहिरोका कारण पासाङल्हामु सडक खण्ड पूणरुपमा अवरुद्ध रहेको छ । यसैगरी काभ्रेको रोशी गाउँपालिका ११ माम्तीखोला, डालाबेसी, बुल्ढुंगा लगायतका स्थानमा पहिरोका कारण बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको समेत विवरणमा जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar