औषधि बजारका चुनौतीबारे अन्तरक्रिया, अग्रज थोक व्यवसायी सम्मानित

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ २९, २०८३
  • काठमाडौं । ले ‘औषधि बजारको विद्यमान चुनौती’ विषयक अन्तरक्रिया एवं अग्रज थोक व्यवसायी सम्मान कार्यक्रम २०८३ आयोजना गरेको छ। कार्यक्रममा औषधि व्यवसाय क्षेत्रका सरोकारवाला, व्यवसायी तथा नीति निर्माताहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा संघका अध्यक्ष गणेश नेपाल ले औषधि वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र व्यवसायमैत्री बनाउन सरकार, नियामक निकाय तथा निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताए। उनले औषधिको सहज आपूर्ति, व्यवसायीहरूको अधिकार संरक्षण तथा गुणस्तरीय सेवा प्रवाहका लागि संघ निरन्तर क्रियाशील रहेको उल्लेख गरे।

    कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व स्वास्थ्य मन्त्री एवं का महामन्त्री ले औषधि क्षेत्र जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले यसको दिगो व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताए। उनले औषधि व्यवसायीहरूले भोगिरहेका समस्या समाधानका लागि आवश्यक नीतिगत सुधार र सहजीकरण गर्न आफूले सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

    विशेष अतिथि ले औषधि व्यवसायलाई व्यवस्थित र विश्वसनीय बनाउन कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको बताइन्। उनले औषधिको पहुँच, गुणस्तर र मूल्य नियन्त्रणमा सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन्।

    संघका निवर्तमान अध्यक्ष शिवराज बास्कोटा ले औषधि बजारले हाल विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै व्यवसायीहरूलाई एकताबद्ध भएर समस्या समाधानका लागि पहल गर्न आग्रह गरे। उनले बदलिँदो बजार अवस्था, नियामकीय जटिलता तथा व्यवसायिक प्रतिस्पर्धाका बीच पनि थोक व्यवसायीहरूले स्वास्थ्य क्षेत्रलाई निरन्तर सेवा प्रदान गरिरहेको बताए।

    कार्यक्रममा औषधि बजारको वर्तमान अवस्था, आपूर्ति व्यवस्थापन, नियामकीय व्यवस्था, व्यवसायिक चुनौती तथा समाधानका सम्भावित उपायबारे विस्तृत छलफल गरिएको थियो। साथै, औषधि क्षेत्रको विकास र योगदानमा उल्लेखनीय भूमिका निर्वाह गरेका अग्रज थोक व्यवसायीहरूलाई सम्मान समेत गरिएको थियो।

    सहभागीहरूले औषधि बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सरकार तथा सरोकारवाला निकायसँग सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रमले औषधि क्षेत्रका समसामयिक चुनौती र समाधानका उपायबारे महत्वपूर्ण बहस सिर्जना गरेको आयोजकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar