अंश माग्दा नदिएपछि बुबाको हत्या, छोरा पक्राउ

  • कालिका खवर
  • सोमवार, कार्तिक १७, २०८२
  • फिदिम : पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापमा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। ६९ वर्षीय युवराज राईको हत्या गरेको आरोपमा उनका कान्छा छोरा ३१ वर्षीय सन्देश राई पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिश कर्णका अनुसार आइतबार घर नजिकैको करेसाबारीमा युवराज  मृत अवस्थामा फेला पारेका थिए।

    युवराजको शरिरमा चोटपटक लागेको देखेपछि प्रहरीले कान्छा छोरा सन्देशलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा सन्देशले बुबाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।  अंश माग्दा बुबाले नदिएपछि दाउरा प्रहार गरी हत्या गरेको सन्देशले बयान दिएको प्रहरीले बताएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar