अमेरिका शान्तिको कुरा गर्छ तर युद्ध जारी राख्छ, त्यसैले शान्तिको कुनै आशा छैन : इरान

  • कालिका खवर
  • बिहिबार, चैत्र १२, २०८२
  • काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले शान्तिको कुनै आशा नरहेको बताएको छ । इरानले अमेरिकाले प्रस्ताव गरेको शान्ति प्रस्तावमा कुनै विश्वास नगर्ने बताएको हो ।

    इरानी विदेशमन्त्री अब्बास अराघचीले अहिलेसम्म कुनै वास्तविक वार्ता नभएको तर केही देशहरूले मध्यस्थता गर्ने र सन्देश पठाउने प्रयास गरिरहेको बताए ।

    अराघचीका अनुसार, अमेरिकाले एकातिर शान्तिको कुरा गर्ने तर अर्कोतिर युद्ध जारी राख्ने गरेको छ । ‘त्यसैले तेहरानलाई यो शान्ति प्रस्तावमा विश्वास लाग्दैन ।’ अराघचीले भनेका छन् ।

    रिपोर्टका अनुसार अमेरिकाले पठाएको १५ बुँदे योजनालाई इरानले गम्भीरतापूर्वक लिएको छैन । इरानले अब आफ्नै ‘आत्मरक्षा’ रणनीतिलाई जोड दिइरहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar