अल्ट्राभायोलेटको दशैं अफर : हरेक मोटरसाइकल खरिदमा हेल्मेट, डायमन्ड कोटिङ र इजी फाइनान्सिङ

  • कालिका खवर
  • सोमवार, अशोज १९, २०८३
  • काठमाडौं । प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै दशैंको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ। नेपालका लागि अल्ट्राभायोलेटको आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनले दशैंको अवसरमा अल्ट्राभायोलेटको मोटरसाइकल खरिद गर्ने प्रत्येक ग्राहकलाई निःशुल्क हेल्मेट र डायमन्ड कोटिङ उपलब्ध गराउने भएको छ। साथै, ग्राहकका लागि इजी फाइनान्सिङ सुविधा समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार दशैं विशेष योजनाअन्तर्गत अल्ट्राभायोलेटको हरेक मोटरसाइकल खरिदमा ग्राहकले निःशुल्क हेल्मेट तथा डायमन्ड कोटिङ प्राप्त गर्नेछन्।

    हालै नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा अल्ट्राभायोलेटले आफ्नो नयाँ क्रसओभर मोडल एक्स४७ नेपाली बजारमा सार्वजनिक गरेको थियो। नेपालका लागि एक्स४७ को मूल्य रु. ६ लाख ८४ हजार ९०० रहेको छ।

    दशैंको अवसरमा ल्याइएको यस योजनामार्फत अल्ट्राभायोलेटले ग्राहकलाई प्रिमियम इलेक्ट्रिक मोटरसाइकलसँगै  हेल्मेट, डायमन्ड कोटिङ र इजी फाइनान्सिङको सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।

    दशैंको अवसरमा अल्ट्राभायोलेट एक्स४७ खरिद गर्न चाहने ग्राहकले आधिकारिक शोरुम तथा बिक्री केन्द्रमा सम्पर्क गरी दशैं अफर, इजी फाइनान्सिङ र एक्स४७ सम्बन्धी थप जानकारी लिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar