आन्दोलनका घाइतेमध्ये शिक्षण अस्पातलबाट दुई दर्जनबढी डिस्चार्ज

  • कालिका खवर
  • सोमवार, भदौ ३०, २०८२
  • काठमाडौं  । जेन–जी आन्दोलनका क्रममा घाइते भएका दुई दर्जनभन्दा बढी बिरामी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भई अस्पताल भर्ना भएका ३५ मध्ये १५ जना डिस्चार्ज भइसकेका छन् ।

    उक्त अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो भने घाइतेमध्ये २२ जनाको शल्यक्रिया गरिएको छ । देशभरको आन्दोलनमा हिजोसम्म ७२ जनाले ज्यान गुमाएका छन् ।

    मृत्यु हुनेमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र तीन जना सुरक्षाकर्मी छन् । त्यस क्रममा घाइते सयौंको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar