बाढी प्रभावित क्षेत्रको पुनःस्थापनामा जगदम्बा मोटर्सको साथ, २५ मोटरसाइकल सहयोग

  • कालिका खवर
  • शुक्रबार, मंसिर ४, २०८३
  • काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जगदम्बा मोटर्सले २५ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ।

    टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले शुक्रबार नेपालकै पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (ईभी) शोरुम उद्घाटनको अवसर पारेर बाढी प्रभावित क्षेत्रका विभिन्न सरकारी तथा स्थानीय निकायलाई मोटरसाइकल उपलब्ध गराएको हो।

    कम्पनीले नुवाकोट र रसुवाका प्रहरी कार्यालय, कारागार, स्थानीय तह, विद्यालय तथा अस्पताललगायतका संस्थालाई टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको जनाएको छ। कम्पनीका प्रतिनिधि सुगन्धा सिंह र अश्विनले सम्बन्धित संस्थाका प्रतिनिधिहरूलाई मोटरसाइकलको साँचो प्रदान गरेका थिए।

    बाढी प्रभावित क्षेत्रमा सेवा प्रवाह, उद्धार तथा पुनःस्थापनाका गतिविधिलाई सहज बनाउने लक्ष्यसहित संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ।

    यसैबीच, शुक्रबार उद्घाटन गरिएको नयाँ शोरुमको टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बाइक र्‍यालीसमेत आयोजना गरिएको थियो।

    कार्यक्रममा टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेमन कार्गरले नेपालको बजार कम्पनीको अन्तर्राष्ट्रिय विस्तार यात्राका लागि महत्वपूर्ण रहेको बताए। जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले टीभीएससँगको १५ वर्ष लामो सहकार्यले नेपाली ग्राहकलाई गुणस्तरीय सवारीसाधन र प्रभावकारी बिक्रीपछिको सेवा उपलब्ध गराउन मद्दत पुगेको उल्लेख गरे।

    नयाँ शोरुमबाट ग्राहकले टीभीएसका प्रिमियम मोटरसाइकल तथा विद्युतीय सवारीसाधन एउटै स्थानबाट खरिद गर्न सक्नेछन्। शोरुममा अपाचे आरटीआर २०० ४ भी, अपाचे आरटीआर १६० ४ भी, टीभीएस रोनिन, रोनिन अगोन्डा, विद्युतीय स्कुटर आईक्यूब र अर्बिटर उपलब्ध हुने कम्पनीले जनाएको छ।

    त्यसैगरी, प्रिमियम मोटरसाइकलका लागि आवश्यक आधिकारिक गियर, एक्सेसरीज तथा आफूअनुकूलका हेलमेटसमेत शोरुममा उपलब्ध गराइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar