कस्तो रहनेछ आजको मौसम ?

  • कालिका खवर
  • शुक्रबार, मंसिर ४, २०८३
  • काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती प्रदेशलगायत तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । आज तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्नेछ ।

    आज राति कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar