आजको मौसम : तराईमा हुस्सु, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

  • कालिका खवर
  • बिहिबार, मंसिर ३, २०८३
  • काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका अधिकांश स्थान, उपत्यका तथा खोँचहरूमा हुस्सु/कुहिरो लागेको छ ।

    आज दिउँसो कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

    त्यस्तै, आज राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    रातिको समयमा तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar