जुवातास खेलिरहेको अवस्थामा ५० जना पक्राउ

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २०, २०८३
  • काठमाडौँ : देशका पाँच जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ५० जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार धनकुटा, कैलाली, ओखलढुंगा, ललितपुर र रुपन्देहीबाट उनीहरू पक्राउ परेका हुन् ।

    धनकुटाबाट ९ जना, कैलालीबाट १४ जना, ओखलढुंगाबाट ७ जना, ललितपुरबाट १० जना र रुपन्देहीबाट १० जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट कुल ४ लाख ४२ हजार ८०० रुपैयाँ नगद र ९ बुक तास बरामद गरेको छ ।

    उनीहरूलाई घर, होटल, किराना पसल तथा कवाडी कारखानामा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar