कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

  • कालिका खवर
  • बिहिबार, कार्तिक १२, २०८३
  • काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीका साथै केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    पार्टी सभापति गगन थापाबाहेक सबै पदाधिकारी र चारजना केन्द्रीय सदस्यबाहेकले शपथ लिएका छन् । उनीहरूलाई पार्टी सभापति थापाले शपथ खुवाएका थिए । थापाले भने यसअघि नै निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कासँग शपथ लिएका थिए ।

    कांग्रेस सभापति थापाले चारजना केन्द्रीय सदस्यको शपथ भने रोकेका छन् । केन्द्रीय सदस्य सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र सुशील भट्टका विषयमा विवाद देखिएका उनीहरूको शपथ रोकिएका हो ।

    भट्टको उमेर ३५ वर्षभन्दा बढी देखिएको, चालिसे, बस्नेत र खड्काको भने मुद्दा अदालतमा विचाराधीन रहेकाले शपथ रोकिएको हो । उनीहरूले सफाइ पाएपछि मात्रै जिम्मेवारी तोकिने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar