एनपीएलको उद्घाटन समारोहमा सहभागी हुँदै प्रधानमन्त्री

  • कालिका खवर
  • सोमवार, कार्तिक ९, २०८३
  • काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) सहभागी हुने भएका छन् ।

    आयोजक नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रधानमन्त्री साहको उपस्थिति आइतबार अबेर सुनिश्चित भएको हो ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज (सोमबार)देखि प्रतियोगिता सुरू हुँदैछ ।

    प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल आज साँझ ५ बजे सुरुबाट सुरु हुनेछ ।

    ५ मंसिरसम्म जारी रहने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    एनपीएलको‌ तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ र उपविजेताले ८० लाख रुपैयाँ तथा तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar