चाडपर्वमा ग्राहकको रोजाइ बन्दै टेक्नोको ‘स्पार्क गो ३’, न्युरोडकी उर्मिला शर्माले जितिन् चाँदीको चंगा

  • कालिका खवर
  • बुधबार, अशोज २८, २०८३
  • काठमाडौँ । सुपथ मूल्य, उत्कृष्ट सुविधा र भरपर्दो टिकाउपनका कारण स्मार्टफोन ब्रान्ड टेक्नोको ‘स्पार्क गो ३’ नेपाली ग्राहकहरूमाझ लोकप्रिय बन्दै गएको छ। दैनिक प्रयोगका लागि आवश्यक आधुनिक सुविधा र चाडपर्वमा उपहार दिन उपयुक्त मूल्य दायरा भएका कारण यो फोन बजारमा पहिलो रोजाइ बन्न सफल भएको कम्पनीले जनाएको छ।

    नेपाली बजारमा टेक्नो स्पार्क गो ३ दुई विकल्पमा उपलब्ध छ। जसमा ४ जीबी र्‍याम र ६४ जीबी भण्डारण क्षमता भएको फोनको मूल्य २१ हजार ९९९ रुपैयाँ तथा ४ जीबी र्‍याम र १२८ जीबी भण्डारण क्षमता भएको फोनको मूल्य २५ हजार ९९९ रुपैयाँ तोकिएको छ।

    यस स्मार्टफोनमा ६.७४ इन्चको १२० हर्जको स्मुथ डिस्प्ले, ५,००० एमएएच क्षमताको टिकाउ ब्याट्री, १३ मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको अगाडिको क्यामेरा समावेश छ। दैनिक प्रयोगलाई सहज बनाउन फोनमा ‘टेक्नो कृत्रिम बौद्धिकता (एआई) आवाज सहयोगी’ तथा ‘इन्टरनेट/नेटवर्क बिना सञ्चार हुने २.०’ जस्ता स्मार्ट सुविधाहरू दिइएको छ। धुलो र पानीका छिटाबाट बचाउन यसमा ‘आईपी ६४’ सुरक्षा मापदण्डका साथै सामान्य खसाइबाट जोगाउने बलियो बनावट समेत रहेको छ।

    ग्राहकको विश्वासलाई मध्यनजर गर्दै कम्पनीले यस फोनमा १०० दिनको साट्ने (रिप्लेसमेन्ट) नीति र १३ महिनाको आधिकारिक वारेन्टी सुविधा उपलब्ध गराएको छ। जसअन्तर्गत खरिद गरेको १०० दिनभित्र कुनै प्राविधिक समस्या आएमा तोकिएका सर्तहरूको अधीनमा रही नयाँ फोन साट्न सकिनेछ।

    नेपालीहरूको महान् चाड बडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालित “टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा” उपहार योजनाअन्तर्गत देशका विभिन्न स्थानका ग्राहकहरूले उपहार जित्ने क्रम जारी छ। यसै क्रममा काठमाडौँको न्युरोडस्थित मोबाइल पोइन्टबाट टेक्नो क्यामोन ४० प्रो स्मार्टफोन खरिद गर्दा ग्राहक उर्मिला शर्माले आकर्षक ‘चाँदीको चंगा’ जितेकी छन्।

    यस योजनाअन्तर्गत टेक्नो स्मार्टफोन खरिद गर्दा हरेक दिन चाँदीका सिक्का र हरेक हप्ता २ जना ग्राहकले चाँदीका चंगा जित्ने अवसर पाउनेछन्। त्यस्तै, क्याम्पेनको अन्त्यमा हुने बम्पर लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले रु. ५ लाख बराबरको ‘सुनको चंगा’ प्राप्त गर्नेछन्।

    विश्व बजारमा चिपसेट र र्‍याम जस्ता पार्टपुर्जाको लागत बढिरहेकाले आगामी दिनमा नेपाली बजारमा पनि फोनको मूल्य वृद्धि हुन सक्ने भन्दै कम्पनीले हाल तोकिएकै सुपथ मूल्यमा फोन खरिद गरी आकर्षक उपहार जित्ने अवसर सदुपयोग गर्न ग्राहकहरूलाई आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar