कुमारी बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न, २.१०५३ प्रतिशत लाभांश पारित

  • कालिका खवर
  • बुधबार, अशोज २८, २०८३
  • काठमाडौं । कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकको साधारण सभा २०८३ साल असोज २८ गते बुधबार काठमाडौंको सुवर्णशमशेर सडकस्थित सिल्भर ओक ब्याङ्क्वेट एन्ड इभेन्ट्समा सम्पन्न भएको हो।

    सभाले आर्थिक वर्ष २०८२/८३ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायतका वित्तीय विवरण पारित गरेको छ।

    त्यसैगरी, साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरिएको कुल २.१०५३ प्रतिशत लाभांशसमेत पारित गरेको बैंकले जनाएको छ। उक्त लाभांशमा करसमेत समावेश छ।

    २७९ शाखामार्फत बैंकिङ सेवा

    विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ।

    बैंकका अनुसार हाल देशभर २७९ शाखा, २९४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाई सञ्चालनमा छन्। यी सञ्जालमार्फत बैंकले आफ्ना ग्राहकलाई विभिन्न आधुनिक तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    बैंकले आगामी दिनमा पनि ग्राहकलाई सरल, सहज, सुलभ तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउन विभिन्न सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    साधारण सभाबाट वित्तीय विवरण र लाभांश प्रस्ताव पारित भएसँगै बैंकले आगामी दिनमा सेवा विस्तार तथा ग्राहक सुविधालाई प्राथमिकता दिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar