६९ लाख ५० हजार रुपैयाँमा म्याक्ससको १६ सिटे विद्युतीय मिनिबस ‘ई-डेलिभर ५’ नेपाली बजारमा

  • कालिका खवर
  • सोमवार, अशोज २६, २०८३
  • काठमाडौं । प्रिमियम सुविधा र अत्याधुनिक सुरक्षा प्रविधिसहितको १६ सिट क्षमताको विद्युतीय मिनिबस ‘म्याक्सस ई-डेलिभर ५’ नेपाली बजारमा सार्वजनिक भएको छ। हिमालय अर्गनाइजेसनअन्तर्गत म्याक्ससको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक हिमालयन मोटर्स प्रालिले काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच उक्त मिनिबस सार्वजनिक गरेको हो।

    कम्पनीका अनुसार म्याक्सस ई-डेलिभर ५ को नेपाली बजार मूल्य ६९ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ। होटल, रिसोर्ट, पर्यटन तथा आतिथ्य सेवा र व्यावसायिक यातायात क्षेत्रलाई लक्षित गरी ल्याइएको यो विद्युतीय मिनिबसमा आरामदायी यात्रा, आधुनिक प्रविधि र व्यावहारिक उपयोगितालाई प्राथमिकता दिइएको छ।

    नेपालमा सार्वजनिक तथा व्यावसायिक यातायातका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको अवस्थामा ई-डेलिभर ५ लाई विद्युतीय कारमा पाइने सुविधा र विशेषतासहितको विकल्पका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। आधुनिक बाहिरी बनावट, सुविधासम्पन्न इन्टेरियर र उन्नत सुरक्षा प्रणाली यसका प्रमुख विशेषता हुन्।

    यसअघि कम्पनीले म्याक्सस ई-टेरोन ९ विद्युतीय पिकअप पनि नेपाली बजारमा ल्याएको थियो। आकर्षक डिजाइन र बोल्ड लुकका कारण उक्त पिकअपले बजारमा लोकप्रियता हासिल गर्दै गएको कम्पनीको भनाइ छ।

    ६४ किलोवाट आवरको ब्याट्री, ४०० किलोमिटरसम्म रेन्ज

    म्याक्सस ई-डेलिभर ५ मा ६४ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ। कम्पनीको परीक्षणअनुसार यसले एकपटकको चार्जमा ४०० किलोमिटरसम्म यात्रा गर्न सक्छ। यसमा जडित विद्युतीय मोटरले अधिकतम १२० किलोवाट पावर र २४० न्युटन मिटर टर्क उत्पादन गर्छ।

    चार्जिङका लागि यसमा ७० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ। यस प्रविधिको सहायताले ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३६ मिनेट लाग्ने कम्पनीले जनाएको छ।

    दीर्घकालीन प्रयोगलाई ध्यानमा राख्दै कम्पनीले ब्याट्रीमा आठ वर्ष र मोटरमा पाँच वर्षको वारेन्टीसमेत उपलब्ध गराएको छ। यसले व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारीसाधन अपनाउन चाहने व्यवसायीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

    आधुनिक इन्फोटेनमेन्ट र आरामदायी इन्टेरियर

    ई-डेलिभर ५ मा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली उपलब्ध छ। यसले ब्लुटुथ, यूएसबी, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटोलाई समर्थन गर्छ।

    त्यसैगरी, चार तहमा समायोजन गर्न सकिने स्टेरिङ, आधुनिक ककपिट, स्टेरिङमा जडित नियन्त्रण स्विच तथा स्टेरिङ माउन्टेड गेयर प्रणालीले चालकलाई सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ। यी सुविधाले लामो दूरीको यात्रा तथा नियमित व्यावसायिक सञ्चालनलाई थप सुविधाजनक बनाउने अपेक्षा गरिएको छ।

    सुरक्षामा उन्नत प्रविधि

    सुरक्षा सुविधातर्फ मिनिबसमा ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फरवार्ड कोलिजन वार्निङ, एड्याप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ र लेन किप असिस्टजस्ता प्रविधि समावेश छन्।

    यसका अतिरिक्त इमर्जेन्सी लेन किपिङ, ड्राइभर स्टेट मोनिटरिङ, चालक तथा अगाडिको यात्रुका लागि एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टम पनि उपलब्ध छन्।

    गाडीमा २०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स र सबै चक्कामा एलोय ह्वील दिइएको छ। यी विशेषताले गाडीको उपयोगिता र सञ्चालन सहजतामा सहयोग पुर्‍याउने कम्पनीको दाबी छ।

    पर्यटन, होटल तथा रिसोर्टको यात्रु ओसारपसार र अन्य व्यावसायिक प्रयोजनका लागि लक्षित म्याक्सस ई-डेलिभर ५ ले नेपाली बजारमा विद्युतीय मिनिबसको विकल्प विस्तार गर्ने अपेक्षा गरिएको छ। प्रिमियम सुविधा, लामो रेन्ज, फास्ट चार्जिङ र आधुनिक सुरक्षा प्रणालीको संयोजनले यसलाई व्यावसायिक यातायात क्षेत्रमा आकर्षक विकल्पका रूपमा स्थापित गर्ने कम्पनीको विश्वास छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar