पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव कायमै, यी प्रदेशमा हल्का वर्षाको सम्भावना

  • कालिका खवर
  • सोमवार, अशोज १९, २०८३
  • काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भू-भागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशका सबै भू-भाग र गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बादल लागेको छ । कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी तराई भू-भागमा हुस्सु लागेको छ ।

    आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र तराई भू-भागमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यमसम्मको, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । सबै तराई भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भू-भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागमा साधारणतया बादल लाग्ने तथा देशका बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar