नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडान सम्पन्न

  • कालिका खवर
  • बिहिबार, भदौ २५, २०८३
  • काठमाडौं : नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन अगाडि सुरु गरेको एक्रो ब्रिज जडानको कार्य सम्पन्न भएको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि सर्वसाधरणका लागि आवतजावतमा समस्या भएको थियो ।

    सेनाको टोलीले निरन्तर खटिएर पुल जडान पूरा गरेको हो । नयाँ पुल जडान भएसँगै भोलिदेखि पैदल यात्रीहरूका लागि आवतजावत खुला गरिने भएको छ भने पर्सिदेखि सवारी साधनहरू समेत सञ्चालनमा आउने छन्।

    यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar